प्रवास

मृगौलापीडितद्वयलाई जापानबाट आर्थिक सहयोग

- प्रकाश पन्थी, टोकियो (जापान)

आश्विन २०, २०७४-रकम अभाव भएर उपचारमा समस्या भोगिरहेका दुईजना मृगौलापीडितलाई जापानवासी नेपालीले आर्थिक सहयोग गरेका छन् । सहयोग पाउनेमा गायक तथा संगीतकार पूर्ण गुरुङ र मित्रलाल भूसाल छन् । 

उनीहरुलाई ५ लाख १७ हजार ६ सय ५० जापानीयान सहयोग गरिएको हो । गोरखाका गुरुङको उपचारका लागि विभिन्न संघ संस्थाबाट उठाएको ३ लाख ७८ हजार ९ सय ५ जापानीयान सहयोग गरेको तमुधिं जापानले जनाएको छ । 

त्यस्तै गुल्मीको मुसिकोट नगरपालिका-१ पौदी अमराई अरेवाका ५३ वर्षीय भूसाललाई पौदी सेवा समाज जापानले १ लाख ३८ हजार ७ सय ४५ जापानीयान सहयोग गरेको छ । भूसाल बचाउ जापानमा दुई सातासम्म चलाइएको अभियानबाट संकलित रकम पौदी समाज जापानका अध्यक्ष गोविन्द भूसालमार्फत पीडितसम्म पुऱ्याएको छ ।

गुरुङ बचाउ अभियानअन्तर्गत घान्द्रूक समाज, पञ्चासे र जिफान तथा तमुधिं जापानले संयुक्त रुपमा रकम संकलन गरेका थिए । संकलित रकम सञ्चारकर्मी डण्ड गुरुङमार्फत पीडितसम्म पुऱ्याइएको छ ।

गुरुङको नेपालमा र भूसालको भारतको कानपुरमा उपचार भइरहेको छ । भूसालको मृगौला प्रत्यारोपणमा व्यक्ति पाए पनि ५० लाख लाग्ने उपचारमा संलग्न डाक्टरले बताएका छन् ।

 

प्रकाशित: आश्विन २०, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार