फिचर

बदलिँदै अतिरिक्त क्रियाकलाप

- कुम्भराज राई, ओखलढुंगा

आश्विन २०, २०७४-पहिले पहिले शुक्रबार हाफ छुट्टी हुनेबित्तिकै विद्यार्थी गुरुर्र कुदेर घरतिर लाग्थे । खाली समयमा शिक्षकले विद्यार्थीलाई पिउने पानी बोकाउँथे, कक्षाकोठा सफा गर्न लगाउँथे । 

बढीमा हाजिरीजवाफ र वक्तृत्वकला गराउने चलन थियो । यसैलाई त्यतिखेर अतिरिक्त क्रियाकलाप मानिन्थ्यो । तर हिजोआज यहाँका सामुदायिक विद्यालयहरूमा अतिरिक्त क्रियाकलापको शैली बदलिन थालेको छ । पहिले शिक्षकले क्रियाकलापका नाममा गर्ने हस्तक्षेप घट्न थालेको छ । शिक्षकहरूको सहयोग लिएर अहिले यस्ता क्रियाकलाप विद्यार्थी आफैं गर्छन् । 

सिद्धिचरण नगरपालिका–११ मा पर्ने जालपा माविमा ५ सय विद्यार्थी छन् । ती विद्यार्थीलाई चार वर्ग (हाउस) मा विभाजन गरिएको छ । हाउसका नाम जनकपुर, सगरमाथा, मेची र कोशी छन् । प्रत्येक हाउसका छात्राहरूको रिबनको रंग पनि फरक छ । 

‘हामीले चारवटा हाउसमा विद्यार्थीहरूलाई समूह बनाएपछि कुनै पनि अतिरिक्त क्रियाकलाप गर्न विद्यार्थी खोजिरहनै पर्दैन ।’ प्रधानाध्यापक रत्नबहादुर खत्रीले भने, ‘उनीहरूबीचमा त्यस्ता क्रियाकलाप गर्ने प्रतिस्पर्धा नै चल्छ ।’ प्राय: खेलकुद, साहित्य, मनोरञ्जन, सरसफाइजस्ता काममा प्रत्येक शुक्रबार र छुट्टीको दिन पनि उनीहरू संलग्न भइरहन्छन् ।

भगवती मावि मानेभन्ज्याङमा पनि अतिरिक्त क्रियाकलापमा सहभागी हुन विद्यार्थीहरू आफैं जागरुक हुने गरेका छन् । पहिले अतिरिक्त क्रियाकलापमा सहभागी हुनुपर्छ भनेर भाग्ने विद्यार्थीहरू अहिले आफंै आयोजना गर्ने गर्छन् । ‘प्रत्येक साता कुनै न कुनै कार्यक्रम भइरहेको हुन्छ,’ विद्यालयका शिक्षक बुद्ध राईले भने, ‘किताबी ज्ञानभन्दा बाहिरी ज्ञान प्राप्त गर्ने खालका क्रियाकलापमा विद्यार्थी संलग्न हुन रुचाउँछन् ।’

प्रकाशित: आश्विन २०, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार