अर्थ / वाणिज्य

सर्वियाली राष्ट्रपतिद्वारा वाइवाई प्लान्ट उद्घाटन

- कान्तिपुर संवाददाता , काठमाडौं

आश्विन २०, २०७४-सर्वियाली राष्ट्रपति अलेक्जेन्डर भुचिसले रुमामा स्थापित वाइवाई चाउचाउ प्लान्टको उद्घाटन गरेका छन् । 

नेपाली ब्रान्ड वाइवाईलाई युरोपेली बजारमा उच्च महत्त्व दिँदै नवनिर्मित प्लान्ट उद्घाटन गर्न उनी आफैं सरिक भएको जारी विज्ञप्तिमा उल्लेख छ । यसअघि वाइवाईले सर्वियाको रुमास्थित प्लान्टबाट व्यावसायिक उत्पादन सुरु गरेको थियो । 

उक्त अवसरमा राष्ट्रपति भुचिसले सर्वियाको अर्थतन्त्रमा वाइवाईले सकारात्मक योगदान पुर्‍याउने विश्वास व्यक्त गरे । कार्यक्रममा सीजी कर्प ग्लोबलका अध्यक्ष विनोद चौधरी, प्रबन्ध निर्देशक निर्वाण चौधरी एवं ग्रुपका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको कम्पनीले जनाएको छ । 

प्रकाशित: आश्विन २०, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार