फोटोफिचर

किसानले यसरी भित्र्याउँदै छन् धानबाली [फोटोफिचर]

- कान्तिपुर संवाददाता , काठमाडौं

आश्विन १९, २०७४-दसैं पर्व सकिनसक्दै किसानहरू धान भित्र्याउन लागिपरेका छन् । हिजोआज सहरी क्षेत्र र केही ग्रामीण भेगका किसानहरू धान थन्काउन व्यस्त हुन थालेका हुन् । अघिल्ला वर्षहरुमा असारमा मानो रोपेर मंसिरमा मुरी धान भित्र्याउने गर्दथ्यो । तर, पछिल्ला वर्षहरुमा जलवायु परिवर्तन र अगौटे धानबाली लगाउनाले किसानहरु असोज, कात्तिकमै धान काट्ने र भित्र्याउने गर्छन् । दुई वर्षभन्दा बढी समयदेखि टहरामै बसिरहेका कतिपय भूकम्पपीडितहरु धान राख्न समस्या परेको गुनासो गर्दै आएका छन् । असोजमै काठमाडौंको कागेश्वरी मनहरा नगरपालिकाको ब्रम्हखेलमा धान पाकेको छ । जहाँ दसैं-तिहारको बेला तराईबाट कामको खोजीमा काठमाडौं उपत्यका भित्रिएका कामदारहरु धान काट्ने र बिटा लगाउने काम गरिरहेका छन् । उनीहरुले दैनिक बिटा लगाएबापत राम्रो ज्याला पाउँछन् । 

तस्बिर : सुरविन्द्रकुमार पुन/कान्तिपुर 

प्रकाशित: आश्विन १९, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार