प्रवास

एनआरएन यूरोप संयोजकमा गौतमको उम्मेदवारी घोषणा

- कान्तिपुर संवाददाता , काठमाडौं

आश्विन १८, २०७४-गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको आठौं अधिवेशनका लागि युरोप क्षेत्रिय संयोजकमा बेल्जियमका गंगाधर गौतमले उम्मेद्वारी घोषणा गरेका छन् । यही अक्टोबर १४ देखि १७ सम्म एनआरएनएको आठौं विश्व सम्मेलन काठमाडौंमा हुँदैछ । 

एनआरएनए बेल्जियमका निवर्तमान अध्यक्ष समेत रहेका गौतमले एनआरएनलार्इ ‘हुने खानेको भन्दा हुँदा खानेको’ पनि पहुँच पुग्ने खालको बनाउन संस्थागत संरचनामा सुधान ल्याउने योजना अघि सउारेका छन् । 

गौतमले एनआरएनले नेपालमा केवल लगानी र सिपको कुरा मात्र गरेर भन्दा प्रवासमा रहँदा पर्ने हरेक खालका पंजिकृत सदस्यहरूको समस्यामा सहयोग पुर्‍याउन सक्ने एनआरएन आफ्नो अभियान रहेको बताएका छन् ।

प्रकाशित: आश्विन १८, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार