ब्लग

दशैंको अमिलो सम्झना

- देबेन्द्र भट्टराई, काठमाडौं

आश्विन १३, २०७४-भाङवारीमा एउटा साथी थियो— रामप्रसाद अड्चन । साथी मात्रै होइन, छिमेकी र आफन्त पनि । भाङवारी स्कुल पढ्दैदेखिको दोस्ती सधैंभर रहिरह्यो, अझै छादैछ । फरक यत्ति हो कि साथी रामप्रसाद सरकारी जागिर, सेवा–सुविधा, ऋणपानको भरथेगमा गाडी लिएर हिंड्छ । म भने पत्रकारिताको होन्डा बाइकमा रमाउन थालेको बर्षौबर्ष भैसक्यो । 

यो बर्षौबर्षको सम्झना गर्दा गाउाघरको चाडवाड, दशैंतिहार, माघे संक्रान्ती वा चैते दशैंको सम्झना हुन्छ नै । यी हरेक सम्झनामा साथीभाइ र नातागोता जोडिन्छन् नै, त्यसमाथि रामप्रसाद जोडिने नै भयो । रामप्रसादका आफन्तजन ढुकुरपानीदेखि खालबाडीतिर बस्थे, मेरा भने चााजु दोभानदेखि सितापुरी आसपासमैं थिए । दशैं–तिहारका साइतहरुमा पालो बााधेर हामी यी आफन्तजनकहाा पुग्थ्यौं— निम्छरो ‘आशा र सपना’ लिएर ।

हाम्रा गाउाघरतिर चलेको उखान थियो— तिघ्रा हेरी कट्टु सिउनु । आर्थिक हैसियतमा अलिक बढी खुशी बटुुल्न र रामरमाइलो गर्न दशैंतिहारै पर्खेर बस्नुपर्ने हामीजस्तो निम्न मध्यमबर्गीय परिवारको ‘आशा र सपना’ पनि के बिघ्न हुन्थ्यो र ? तैपनि दशैंका बेलामा घरमा सिंगो खशी नै ल्याउनुपर्छ अथवा आफ्ना लागि सर्ट–पेन्ट–जुत्ता किनिदिनुपर्छ भन्ने अड्डीमा बाआमाको हप्कीमा यो आहान जोडिएको हुन्थ्यो— तिघ्रा हेरी कट्टु सिउनु । उबेला धेरै कुरा थाहा थिएन, तिघ्रा र कट्टुको सम्बन्धबारे । जुनबेला थाहा हुन थाल्यो, यस्तो उखानले छुन छाडिसकेको थियो ।

हो, बडादशैंका अवसरमा सामान्यतया घटस्थापनादेखि बन्द रहने सरकारी बिद्यालयको क्यालेन्डरका कारण रामप्रसाद र मेरा घुमडुलका तालिका तय भैहाल्थे । कहिले ढुकुरपानी, कहिले चााजु किनारा । पिङ चहार्दै ‘लाजेको वान’(सिमसार) देखि चियाबगानसम्म पुग्थ्यौं नै । त्यही क्रममा बीच बाटामा कसैले केटाकेटी सम्झेर १/२ रुपैंया दिइहाल्यो भने अर्को बडादशैं आएजत्तिकै हुन्थ्यो । चाडवाडकै बहानामा सातपिंढीदेखि तेल्कुडीसम्म दिदी–भिनाजुलाई निम्तो दिन जाने वहाना पनि उत्तिकै सुखद हुन्थ्यो । किनभने दिदी र बडाजनका घरमा यता भाङवारी घरमा खानेभन्दा मीठो भोजन पाइन्थ्यो, घर फर्कदा २/४ रुपैंया बाटाखर्च पनि मिल्थ्यो ।

सबैभन्दा बढी धुम र उधुम बिजयादशमीका दिनमा हुन्थ्यो । कताकता जाने ? कहााकहाा भ्याउने ? पुरै सोह्श्राद्धको पुरेत झैं रहन्थ्यो कार्यतालिका । आ–आफ्ना घरमा टीका लगाएपछि रामप्रसाद र म ढुकुरपानी हुादै सितापुरी पुग्थ्यौं । साथमा अरु साधन थिएन, पैदलमैं कुदाकुद भैरहन्थ्यो । साइकल पनि धेरैपछि एसएलसी दिएर (२०५० सालपछि) मात्रै छुन पाइएको हो । माइत–मावल त जेनतेन पुगिन्थ्यो, तर त्यहाा पुगेर दशैंका बेलामा पाइने मानमनितो र सेवा–सत्कार भने अरुबेलाभन्दा अलिक चित्त बिझाउने खालको रहन्थ्यो । टीकाटालो र मानमनितोमा ठूला दर्जाका पाहुनाको गोलो लागिरहेका बेला ससाना केटाहरुलाई कसले ख्याल गर्ने ? 

‘भानिजहरु बस्दै गर्नु है, पालो आएसि बोलाम्ला’ भनेर आफन्तजनले भन्नासाथै मन कुाडिन्थ्यो । एक त आफूलाई कति धेरै साइत भ्याउनु छ, जे छ आजै गरिसक्नु छ । त्यसमाथि पालो पर्खेर त कहिले कहिले ! बल्लतल्ल पालो आउाथ्यो । ‘एटेन्सन’ पोजिसनमा बस्थ्यौं । मामामाइजु र अरु बडाजनले टीका लगाइदिन्थे, चाहिनेभन्दा नचाहिने खालका आशिर्वाद दिन्थे । अनि पालोक्रममा बढीमा दुइ रुपैंयासम्म दक्षिणा दिन्थे । न रिक्सा चढ्न पुग्ने, न टीका बजारमा खाइखेली गर्नै पुग्ने । अनि पालो आउाथ्यो— खानपिनको । 

हाम्रो पुर्वी नेपालको बाहुन–क्षेत्रीका अधिकांस घरमा एउटा अचम्मको नियम छ— दशैंको दशमी पछाडी घरमा माछामासु पाउन मुश्किल हुन्छ । चोखोनितोको नाममा नवमीको दिन बेलुकै माछामासु सक्ने र शिकारको छोइछिटो नरहने चलन हामीकहाा पनि अझै छादैछ । यो स्थितीमा माइतमावल वा शशुराल पुगेका आफन्तजनले दशैंटीका पछि के खानपिनको अपेक्षा गर्नु ? त्यही हो— दहीचिउरा अथवा बढीमा दुधचिउरा, छेउमा अमिलिएको खल्पी(काक्रोको अचार) ।

रामप्रसाद र मेरो मावलीघरको नियती उस्तै थियो, उही दहीचिउरा ट्रेडमार्क । अरुभन्दा पनि हामी दुबैका मनमा एउटै कामना हुन्थ्यो— ए दैव, यसपालाको दही भने अमिलो नभैदेओस् । यो अमिलो पनि कतिसम्म भने दहीचिउरा मोल्न दिइएको मालभोग केराले पनि दहीको अमिलो काट्न सक्दैनथ्यो । तर, यस्तो कहिल्यै भएन । थुप्रै बर्षका दशैंहरु, दशमी टीका पछिका हाम्रा खानपिनहरु अमिलिएको दही र अमिलै खल्पीको खान्कीमा बितेका छन् । पक्कै पनि, दशैंको साइत आएपछि कति दिन अघिदेखि दुध जम्मा पार्ने अथवा दही जमाउने प्रचलन जोडिएर आएको हुन सक्छ । तर, यत्रो पर्वमा यो अमिलो–अमिलो मात्रै किन (?) भन्ने अनन्त प्रश्न मजस्तै रामप्रसादका मनमा पनि आउादो रहेछ— धेरै पछि थाहा लाग्यो । 

यही उतारचढाव झेलिरहेका बेला एसएलसी दिने बेलाको एउटा दशैंको सधैंजसो सम्झना आइरहन्छ । त्यो साइतमा रामप्रसाद र म खालवाडी पुगेका थियौं— निम्तो पाएर । त्यहाा पुग्दाको बिशेषता के भने गाडी चढेर आएका भानिजहरुका नाममा कम्तिमा १०/१० रुपैंया भने दानदक्षिणा हुन्थ्यो नै । तर, खानपिन भने उही र उस्तै । सबैतिर अमिलै अमिलो । यो संसारै अमिलो छ कि भनेजस्तो भैरहन्थ्यो ।

त्यही रितमा हामीले दुबैतर्फका मावल पुगेर अमिलो दही र चिउरा खायौं । उसैगरी अमिलिएको तन–मन–वचन लिएर बाटा लाग्यौं । ढुकुरपानी, खालवाडी, सितापुरी हुादै तीन लटमा खाएको अमिलिएको दही–चिउराले क्रमश रुप बिस्तार गर्दै रहेछ । यो ढाडिने र फैलिने क्रममा रहेछ । सितापुरीबाट चााजु–रतुवाको भेल तर्दै काासघारीको बाटो भाङबारी आइपुग्नुपर्ने बाटो थियो । गोजीमा पाएको २/४ रुपैंयाको छिन्द्रिङ–छिन्द्रिङ दक्षिणा हल्लाउादै र ढ्याउ–ढ्याउ डकार निकाल्दै हामी बाटो काटिरहेका थियौं । चााजु तरेर बाक्लो काासघारीको बाटो आएपछि रामप्रसादले अड्किएको स्वरमा भन्यो—‘काका, मैंले सकिंन है...।’ (नातामा रामप्रसाद मलाई काका भन्छ ।)

‘हन, के भो ?’,मैंले भनें ।

‘सकिन काका, सकिन...’,रामप्रसादले झन्डै अर्धचेतमा भन्यो । अनि एकाएक चााजु–रतुवा थर्कनेगरी वान्ता गर्न थाल्यो । पुरै अर्धबेहोस अवस्थामा रामप्रसादले निरन्तर वाकिरह्यो । त्यो देखेर मेरो पनि भुाडी हुडल्न थाल्यो, अनि मेरो पालो सुरु भयो । यो संसारै अमिलो रहेछ भनेजस्तो गरी हामी दुबैले निरन्तर वाकिरह्यौं । उफ ! झण्डै एक घण्टासम्म यो क्रम नित्य रहीरह्यो ।  

अब के पो बााकी रह्यो र ? न कुरा, न काम । दुबै अवाक थियौं । कसोकसो काासका बुटा समात्दै र नङ्ग्राले भुइ कोतर्दै सााझपख मात्रै भाङबारी पुग्यौं । बाआमालाई छोराहरुको हालबेहाल सोध्ने फुर्सद पनि थिएन, घरमा पनि पाहुना उत्तिकै थिए । आफ्नै घरमा पनि अमिलो दही–चिउरा र खल्पी अचारको खानपिन उत्सव चलिरहेको रहेछ । त्यो रात रामप्रसाद पनि मसागै आएको थियो । दुबै अशक्त र असहाय बनेका थियौं । बडादशैंको बिजयादशमी उत्सवका दिन बेहोरेको यो रामकहानी कसलाई भन्ने ? कसलाई कहने ? ‘मनको कुरा कसैलाई नकह’ स्टाइलमा हामी घर पर्तिरको गाइगोठमाथि लगाइएको ओछ्यानमा कोकिश बनेर सुतिसकेका थियौं, सााझ नपर्दै ।

यतिका बर्षपछि गाउाघरको दशैं सम्झिरहेका बेला त्यो अमिलिएको उत्सवलाई एकैसाथ सम्झन पुगेको हुा । चाडपर्व र उत्सवका कुरामा हामी नेपाली निकै हार्दिक छौं, उन्मत्त छौं । तर, चाहिनेभन्दा बढी हार्दिक भएर पो हौं कि भन्ने अहिले लागिरहेको छ । त्यो अमिलो दहीजस्तै खानपिनको हार्दिक प्रभावले आज आम नेपालीलाई अपच र ग्याास्टिकको रोगले गलाएको यथास्थिती विश्वसामु प्रख्यात छ । ओहो, कुरा गऱ्यो कुरैको दु:ख । 

कवि उपेन्द्र सुव्वाले ‘आफू झुक्किएर भट्टीछेउ आइपुगेको’ सन्दर्भ जोडेर लेखेको कवितामा बडादशैंको मावल र अमिलो–दही जोडेर सुनाउन मन लागेको यो अवस्था आफैंमा निकै ‘बिदारक’ पनि छ—    

‘‘कसो बाटो भुलेर म मावल आइपुगें

यो महान यात्रा कहिले कहाबाट सुरु भयो

यकिन सालसम्वत थाहा नभएपनि

परपर सम्झील्याउदा

चोथ्रोघारी हुादै सिरुबारीसम्म

ढुलमुल ढुलमुल

धमिलो सम्झना आउछ

बेस्सरी मुटु दु:खेको नै हो

अमिलो सम्झना आउछ...’’

 

 

प्रकाशित: आश्विन १३, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार