फोटोफिचर

राजधानीको शुन्य सडक (फोटो फिचर)

  • प्रहरीका अनुसार फूलपातीको दिनसम्मै स्थलमार्गबाट काठमाडौँ बाहिर जानेको संख्या १९ लाख
- तस्बिर : अंगद ढकाल, काठमाडौं

आश्विन १३, २०७४-काठमाडौंको सडक उसै भीड । झन् अफिस समयमा त कुरै नगरौं, आधा किलोमिटर छिचोल्न ठूलै महाभारत पर्छ । वर्षदिनभरी थामिनसक्नु भीड हुने काठमाडौं दसैंमा भने बेहुली अन्माएको घरजस्तै चकमन्न हुन्छ । यसपालि पनि काठमाडौँका मुख्य बजार र सडक प्रायस् सुनसान देखिएको छ ।

बडादशैँका अवसरमा बाहिर जानेको संख्या बढेपछि काठमाडौँ उपत्यकामा सवारीसाधनको आवागमन पातलो देखिएको छ । सडकमा फाट्टफुट्ट सवारीसाधन देखिन्छ भने पैदलयात्रुको चहलपहल पनि खासै छैन । सार्वजनिक सवारी कम चल्दा यात्रुलाई गन्तव्यमा पुग्न कठिनाइ देखिन्छ । प्रहरीका अनुसार फूलपातीको दिनसम्मै स्थलमार्गबाट काठमाडौँ बाहिर जानेको संख्या १९ लाख पुगेको थियो भने त्यो क्रम टीकाको दिनसम्म रहनेछ । 

काठमाडौँको मुटु मानिने असन, इन्द्रचोक र भोटाहिटी क्षेत्रमा भने किनमेल गर्नेको घुइँचो घटेको छैन । मांशहारीका लागि खसी बोका, कुखुरा, हाँस आदि खरिदका लागि आज बिहान प्रदर्शनीमार्ग र विभिन्न चोक तथा मासु पसलमा भीड देखिन्थ्यो । सहरका मुख्य बजारका पसल पनि बन्द प्रायः छन् । 

 

प्रकाशित: आश्विन १३, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार