समाचार

नवलपरासीमा दुर्घटना, २ को मृत्यु

- नारायण शर्मा, नवलपरासी

आश्विन ११, २०७४-नवलपरासीको कावासोती नगरपालिकाको थकाली चोक नजिकै मोटरसाइकल दुर्घटना हुँदा २ युवाको घटनास्थलमै मृत्यु भएको छ । 

इलाका प्रहरी कार्यालय कावासोतीका अनुसार ५ बजे भएको दुर्घटनामा कावासोतीका दीपेश मगर र बिनयीत्रिवेणी गाउँपालिका निवासी हेमन्त थापा मगरको घटनास्थलमै मृत्यु भएको हो । 

कवासोतीका जयराम चापागाई घाइते भएका छन् ।  थकालीचोकदेखि २ सय मिटर तल महेन्द्रराजमार्ग तर्फ आउँदै गरेको भारतीय ट्रकमा लु ८ प ८३३७ नम्बरको पोल्सर मोटरसाइकल ठोक्किदा २ युवाको घटनास्थलमै मत्यु भएको हो ।

 

प्रकाशित: आश्विन ११, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार