स्थानीय निर्वाचन २०७४

नामको पछाडि धाम

- कान्तिपुर संवाददाता , जनकपुर

आश्विन १०, २०७४-जनकपुर उपमहानगरपालिकाको नाममा ‘धाम’ थपिने भएको छ । नवनिर्वाचित पदाधिकारीको सोमबार बसेको पहिलो बैठकले ‘जनकपुरधाम उपमहानगरपालिका’ नामकरणको निर्णय गरेको हो ।

मेयर लालकिशोर साहले जनकपुरको पहिचान धामको रूपमा रहँदै आएकाले यो पहिचान कायम राखिराख्न जनकपुरधाम नामकरण गर्न सम्बन्धित निकायमा पहल सुरु गरिएको बताए । ‘जनकपुर मैथिली भाषा, साहित्य, कला र संस्कृतिको उद्गम स्थल हो,’ उनले भने, ‘मिथिलाको पुरातन भाषा, साहित्य तथा पहिचान रक्षा गर्न हरसम्भव प्रयास गरिनेछ ।’

यसअघि महेन्द्रनारायण निधि सांस्कृतिक केन्द्रमा आयोजित समारोहमा मेयर साह, उपमेयर रीतादेवी मिश्रसहित २५ वडाका वडाध्यक्ष तथा अन्य सदस्यले मैथिली भाषामै शफथ लिएका थिए । मेयर साहसँग २०५४ देखि ०५९ सम्म जनकपुर उपमहानगरपालिकाको उपमेयरको रूपमा काम गरिसकेको अनुभव छ ।

प्रकाशित: आश्विन १०, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार