समाचार

डा. केसीले सुरु गरे १२ औं अामरण अनशन

- अतुल मिश्र, काठमाडौं

आश्विन ९, २०७४-मेडिकल शिक्षाका अभियन्ता प्रा. डा. गोविन्द केसीले माफियामूखी चिकित्सा शिक्षा विधेयक पारित गर्न लागेको आरोप लगाउँदै विभिन्न मागसहित सोमवार १२ औं आमरण अनशन शुरू गरेका छन् ।

यसअघि सरकारले आफुसंग गरेका सहमतिहरु पुरा नगरे असोज २० गते देखि अनशन थाल्ने चेतावनी दिएका थिए । तर, त्यसबेला समेत चिकित्सा विधेयकलाई तोडमोड गरेर पारित गर्न खोजे जुनसुकै बेला अनशनमा बस्ने चेतावनी डा. केसीले दिएका थिए ।

उनले मुलुक माफियाले चलाईरहेको आरोप लगाउँदै उनले आफूलाई दशैं आयो गयो भन्दापनि आम नेपालीको हित सर्वोपरी रहेको बताए ।

तस्बिरहरु : कविन अधिकारी/कान्तिपुर । 

प्रकाशित: आश्विन ९, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार