स्थानीय निर्वाचन २०७४

कटहरिया मेयरमा माओवादी केन्द्रका कुशवाहा विजयी

- पवन यादव, रौतहट

आश्विन ८, २०७४-रौतहटको कटहरिया नगरपालिकामा मेयर/उपमेयमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन । शहरी विकास मन्त्री प्रभु साहका पूर्व स्वकिय सचिव समेत रहेका सीयारामप्रसाद कुशवाहाले रौतहटका उद्योगपति नेपाली कांग्रेसका उम्मेदवार अजयप्रकास साहलाई ५ सय ५१ मतको अन्तरले पराजित गर्दै विजयी भएका हुन् ।

आईतवार सम्पन्न मतगणनाको अन्तिम परिणम अनुसार कुशवाहाले ४ हजार २ सय ३३ मत र साहले ३ हजार ६ सय ८२ मत हासिल गरेका थिए ।

त्यस्तै उपमेयरमा माओवादी केन्द्रकै नुरजाहा खातुनले ५ हजार १ सय १० मत प्राप्त गरी विजयी भएको दलका प्रतिनिधिले जनाएका छन् । उनले आफ्ना नेपाली कांग्रेसकी उम्मेदवार चुनुकुमारी यादवलाई पराजित गरेका हुन् ।

उक्त नगरपालिकाको वडा नं. १, २, ४, ७, ८ मा माओवादी केन्द्रका उम्मेदवार र ३, ५, ६ र ९ नम्बर वडामा नेपाली कांग्रेसका उम्मेदवारले जितेका छन् ।

 

अहिलेसम्म रौतहटमा मेयरमा नेपाली कांग्रसले ८, माआवादी केन्द्रले ३, संघीय समाजवादी फोरमले ३, राष्ट्रिय जनता पार्टीले २ र नेपाल लोकतान्त्रिक फोरमले १ तहमा जित हासिल गरेको छ ।

त्यस्तै उपमेयरमा कांग्रेसले ५, माओवादी केन्द्रले ६, संघीय समाजवादी फोरमले २, राष्ट्रिय जनता पार्टीले २, नेपाल लोकतान्त्रिक फोरमले १, नेकपा एमालेले १ तहमा जित हासिल गरेको छ । 

जिल्लाको कुल १८ तह मध्ये १७ स्थानीय तहको अन्तिम नतिजा आईसकेको छ । गरुडा नगरपालिकाको नतिजा आउन बाँकी छ । 

   

 

 

प्रकाशित: आश्विन ८, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार