भिडियो

पहिरोले ट्रक र कार पुरियो, ३ को मृत्यु [अपडेट]

  • नौ घण्टापछि खुलेको राजमार्ग पुन: अवरुद्ध
- माधव अर्याल, पाल्पा

आश्विन ७, २०७४-सिद्धार्थ राजमार्ग अन्तर्गत सिद्धबाबा सडक खण्डमा शनिबार बिहान खसेको पहिरोले ट्रक र कार पुर्दा दुई जनाको मृत्यु भएको छ । 

राति १ बजे खसेको पहिरो हटाएर एकतर्फी सडक सुचारु भएको केहीबेरमै पुन: खसेको पहिरोले दुई सवारीसाधन पुरिनुका साथै दुई जनाको ज्यान गएको हो ।  पुरिएर २ जनाको मृत्यु भए पनि उनीहरुको सनाखत हुन नसकेको ट्राफिक प्रहरी प्रमुख प्रविण आचार्यले बताए । 

ठूलो ढुंगा सहितको पहिरोले लु १ च ७९९४ नम्बरको कार र ना ३ ख ६१९१ नम्बरको ट्रक पुरेको पुरेको हो । पहिरोले पुरेको ट्रक र कार ध्वस्त भएको छ । पहिरोमा केही व्यक्ति पुरिएको अनुमान प्रहरीले गरेको छ । 

तर, पछिल्लो विवरण अनुसार अहिलेसम्म केही पनि खुलेको छैन । सडकमा पहिरो खसेपछि बाटोमा सवारीको लाम लागेको छ । पहिरो ठूलो भएकाले उद्धार गर्न नसकिएको प्रहरीले जनाएको छ  ।

प्रकाशित: आश्विन ७, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार