समाचार

सेनाका गाडीले ठक्कर दिँदा बालिकाको मृत्यु

- रवीन्द्र उप्रेती, महोत्तरी

आश्विन ३, २०७४-

निर्वाचन प्रयोजनका लागि नेपाली सेनाले भाडामा लिएको गाडीले ठक्कर दिँदा सोमबार एक दलित बालिकाको मृत्यु भएको छ । प्रहरीकाअनुसार फस्ट रैफल गणको औरहीस्थित प्लाटुन अपरेटिङ बेल्टले प्रयोग गरेको ना ४ च १५४१ नंको पिकअपमा साँझतिर ठोकिँदा औरही नपा ५ श्रीपुरकी ७ वर्षीया किरणकुमारी रामको मृत्यु भएको हो । 

निर्वाचन गस्तीमा रहको पिकअप केही अगाडि बढेपछि सडकमा खेलिरहेकी बालिकालाई छाडा गोरुले हानेपछि उछिटिएर गाडीको पछाडीको भागमा ठोकिँदा गम्भीर भएकी थिइन् । घटनालगत्तै सेनाको सहयोगमा गौशालास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा भर्ना गरिएकी बालिकाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

गौशाला प्रहरीले सिन्धुली भिमान-९ का चालक कृष्णबहादुर बोगटी र पिकअपलाई घटनालगत्तै नियन्त्रणमा लिएको जनाएको छ । 

प्रकाशित: आश्विन ३, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार