भिडियो

सडक विस्तारले खोसीयो रोजीरोटी

- विद्या राई, भोजपुर

आश्विन १, २०७४-गाउँगाउँमा सडक सञ्जाल जोडिएपछि सदियौदेखिका गोरेटो बाटो तथा गल्ली हराउन थालेका छन् । मानिसहरुको बाक्लै आवतजावतले गुञ्जायमान हुने भञ्ज्याङ र चौतारा सुनसान छन् । 

भरिया र बटुवा हिडेर मुलबाटा जस्तै बनेका बाटाहरु चिन्नै नसकिने गरी बनमारा र घारीले ढाकिएका छन् । हिड्दाहिड्दै रात परेको खण्डमा बास बस्नका लागी बाटैभरी स्थानीय मौलिकता झल्किने खालका घरमा होटलहरु सञ्चालन गरिएका हुन्थे । अचेल सवारीका साधनबाटै यात्रुहरु ओहोरदोहोर गर्न थालेपछि बटुवाको आवतजावत हुन छाडेर ति होटल तथा घरहरु विस्थापित भैसकेका छन् ।

कतिपय भत्किसकेका छन् । यतिबेला खोलाकिनारका पाँच किलोमिटरको फरकमा बाँकी रहेका एक दुईवटा होटलहरुलाई समेत जिविका धान्न धौधौ परेको छ । आधा दशक अघिसम्म खोलाकिनारमै सञ्चालन गरेको सादा दालभातको व्यवसायिक होटलबाट लाखौंं अर्थोपार्जन गर्दै आएका स्थानीय सडकको विस्तारस‌गै आफुहरुको रोजीरोटी  पनि खोसिएको बताउँछन् । 

धनकुटा र भोजपुरको सिमाना अरुण र सप्तकोशी नदिको तीरैतीर, अक्करको भीरैभीर तराई झर्थे त्यस बेला मानिसहरु । पश्चिम र पूर्वका स्थानीय सानोदुम्माको चौकीबारी, अधेरीघाट, हिले, धनकुटा हुँदै तराई पुग्थे उनीहरु । उत्तरी भेगका दिंलाबजार, लम्सुवाघाट हुँदै खादबारी पुग्थे । बीचमा सयौको संख्यामा होटलहरु थिए । अचेल पैदल हिड्ने चलन लगभग हटिसकेको छ । अचानक पैदलै हिड्न परे बाटामा एक्लै हिड्न गाह्रो छ । 

प्रकाशित: आश्विन १, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार