भिडियो

तीनै दिदीभाई अन्तर्राष्ट्रिय खेलाडी

- विद्या राई, काठमाडौं

भाद्र ३०, २०७४-भोजपुर सदरमुकामस्थित बुवा दानबहादुर र आमा मायादेवी तामाङको कोखबाट जन्मिएका सरादेवी तामाङ, नंसलदेवी तामाङ र रत्नजीत तामाङ व्याडमिन्टन खेल जगतका होनाहार हस्तीहरु हुन् ।

जुनीयर लेभलबाट खेल्न सुरु गरेका उनीहरु पटक पटक राष्ट्रिय च्याम्पियन भैसकेका छन् । अन्तरार्ष्ट्रिय स्तरमा प्रतिनिधित्व गर्नुपर्दा उनीहरुकै नाम आउने गर्छ । एकैघरका तीन दिदीभाईले देश भित्र तथा बाहिर कमाएको ख्याती व्याडमिन्टन जगतका लागि सानदार जित भएको छ । 

हालै सम्पन्न बजाज पल्सर स्पोर्टस् अवार्डबाट नंसलदेवी बर्षकै उत्कृष्ट महिला खेलाडीका रुपमा सम्मानित भइन् । खेलप्रतिको लगातार लगाव र प्रतिफल त छदैछ, छोरीले पाएको सम्मानले यतिबेला तामाङ पसरवारमा खुसी छाएको छ । 

उनीहरुले इन्डोरमा खेल्नुपर्ने व्याडमिन्टन आउटडोरबाटै सिकेर अन्तराष्ट्रिय स्तरमा नाम चम्काउन सफल भएका छन् । ०३९ सालको दशकयता भोजपुर जिल्लामा व्याडमिन्टन खेलको सुरुवात भएपनि हालसम्म यसक्षेत्रमा दर्विलो पुर्वाधार तयार हुन सकेको छैन । सरकारको उदासिनताले गर्दा पछि परेको उनीहरुका वुवा गुनासो गर्छन् । उनी पनि राष्ट्रिय स्तरसम्म पुगेका व्याडमिन्टनका भुतपुर्व खेलाडी हुन् । 

प्रकाशित: भाद्र ३०, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार