समाचार

धादिङको थाँक्रेमा दुुर्घटना, ९ घाइते

- हरिहरसिंह राठौर, धादिङ

भाद्र २९, २०७४-पृथ्वीराजमार्ग अन्तर्गत धादिङको थाँक्रे–७, आठकिलोमा दुईवटा माइक्रोबस एकआपसमा ठोक्किँदा ९ जना घाइते भएका छन् । घाइते मध्ये २ को अवस्था गम्भीर छ ।

काठमाडौंबाट भैरहवा जाँदै गरेको लु १ ज ३१५० नम्बरको माइक्रो र भैरहवाबाट काठमाडौं तर्फ आउँदै गरेको  लु १ ज २७६१ नम्बरको माइक्रो एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनामा लु १ ज २७६१ नम्बरको माईक्रो सडकबाट ३० मिटर तल खसेको छ । दुर्घटनामा घाइते भएकालाई उपचारका लागि काठमाडौं पठाइएको इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी निरिक्षक जिवन निरौलाले बताए  ।

 

प्रकाशित: भाद्र २९, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार