समाचार

नवलपरासीका मालपोत प्रमुखलाई कार्यकक्षमै कालोमोसो दलियाे

  • कालाेमाेसाे दल्ने विप्लव माअाेवादी सम्बद्ध रहेकाे अाशंका
- नविन पौडेल, नवलपरासी

भाद्र २९, २०७४-मालपोत कार्यालय कावासोतीका प्रमुखलाई आज अज्ञात समूहले कालोमोसो दलेका छन् । कार्यालय समयमा कार्यकक्षमा प्रवेश गरेर ३ जनाको समूहले भष्टाचारी भन्दै कालोमोसो दलेका हुन् । 

कालोमोसो दल्ने सबै फरार छन् । कालोमोसो दलेपछि प्रमुखको कार्यकक्षमा जिल्ला जनपरिषद (जनसत्ता) नवलपरासी लेखीएको पर्चा भेटीएको थियो । पर्चामा मालपोत कार्यालयमा खुलेआम भष्टाचार बढेको, तीस लाखभन्दा बढी थैली घटाएर पुँजिगत लाभकर नलाग्ने गराएर जग्गा दलालबाट लाखौं रुपैयाँ रकम लिने गरेको उल्लेख गरिएको छ । 

इलाका प्रहरी कार्यालयका डिएसपी नविनराज राईका अनुसार आफूलाई विप्लव समूहको भन्ने युवाहरुले अभद्र व्यवहार गरेर फरार भएको र उनीहरुको खोजिकार्य भैरहेको बताए । 

प्रकाशित: भाद्र २९, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार