समाचार

चुनावी सभालाई सम्बोधन गर्दागर्दै अस्वस्थ बने निधि

- सन्तोष सिंह, धनुषा

भाद्र २९, २०७४-नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधि चुनावी सभा सम्बोधन गर्दागर्दै अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन् ।

जनकपुरमा बिहीबार बिहान कांग्रेसका उम्मेदवारहरुसँगै र्‍यालीमा सहभागी भएका निधि जनकचोकमा सभा सम्बोधन गर्दैगर्दै अस्वस्थ बनेका थिए । उनीको अवस्था बिग्रिएपछि जनकपुर अञ्चल अस्पताल भर्ना गराइएको हो ।

 

खानपान समयमा नहुँदा ग्यास्ट्रिकको समस्याले अस्वस्थ्य भएको जनकपुर अञ्चल अस्पतालका डा.जामुन प्रसाद सिंहले बताए । 'ग्यासको समस्याले घाममा मुर्छा पर्नुभयो,' डा. सिंहले भने, ‘अञ्चल अस्पतालमा उपचार पछि अरामका लागि घर पठाइएको छ ।’ 

अत्याधिक गर्मीका कारण नेता निधिको स्वास्थ्यमा समस्या आएको प्रचार प्रसारमा सँगै रहेका नेपाली कांग्रेस धनुषाका सभापति रामसरोज यादवले बताए । 

प्रकाशित: भाद्र २९, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार