देश

अभियुक्त नियन्त्रणमा

- कान्तिपुर संवाददाता , सिन्धुपाल्चोक

भाद्र २९, २०७४-नागरिकता मुद्दामा सजाय सुनाइएका ४९ वर्षीय कुमारप्रसाद पाण्डेलाई प्रहरीले १० वर्षपछि मंगलबार पक्राउ गरेको छ । जिल्ला अदालतले उनलाई ०६४ वैशाख १३ मा सजाय सुनाएको थियो । पाण्डे साबिक मेलम्ची गाविसका पूर्वउपाध्यक्ष हुन् । सजाय तोकेलगत्तै फरार पाण्डेलाई विशेष सूचनाका आधारमा चौसागढीको चौतारा बजारबाट नियन्त्रणमा लिएको प्रहरी निरीक्षक नवराज ढुंगानाले बताए ।

 

प्रकाशित: भाद्र २९, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार