देश

बलात्कारमा ६ वर्ष कैद

- कान्तिपुर संवाददाता , काठमाडौं

भाद्र २९, २०७४-बालिकामाथि बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुरले बारा महागढीमाई नगरपालिका १ का १९ वर्षीय तमरेज आलमलाई ६ वर्ष कैदको फैसला सुनाएको छ । अदालतले पीडकबाट पीडितलाई ५० हजार रुपैयाँ क्षतिपूर्ति भराउने आदेश पनि दिएको छ । जिल्ला न्यायाधीश दयाराम ढकालको मंगलबार बसेको इजलासले यस्तो फैसला सुनाएको हो । आलमले मनहरी गाउँपालिकाकी एक बालिकालाई गत असार ६ गते बलात्कार गरेका थिए ।

 

प्रकाशित: भाद्र २९, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार