समाचार

सर्वोच्चमा तीन न्यायाधीशको नाम सिफारिस

- कान्तिपुर संवाददाता , काठमाडौं

भाद्र २८, २०७४-न्यायपरिषदले सर्वोच्च अदालतको रिक्त न्यायाधीशका लागि उच्च अदालतका तीन जना मुख्य न्यायाधीशको नाम सिफारिस गरेको छ । 

परिषदले उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश बमबहादुर श्रेष्ठ, सुर्खेतका डम्बरबहादुर शाही र पाटनका टंकबहादुर मोक्तानलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको हो । तीनै जनाको नाम अब संसदीय सुनुवाइ समितिमा पुग्नेछ र त्यहाँबाट अनुमोदन भएमा उनीहरू सर्वोच्चको न्यायाधीश नियुक्त हुनेछन् । 

 

प्रकाशित: भाद्र २८, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार