समाचार

प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा एक करोड दुई लाख सहयोग

- कान्तिपुर संवाददाता , काठमाडौं

भाद्र २८, २०७४-दक्षिण कोरियालीको कोरिया साउथ–इष्टपावर कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु एक करोड दुई लाख ५७ हजार ८७१ सहयोग गरेको छ । 

उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री कृष्णबहादुर महरालाई आज परारष्ट्र मन्त्रालयमा भेटेर कम्पनीका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत च्याङ, जाई वनले उक्त रकम हस्तान्तरण गरे । रकम उपप्रधानमन्त्री महराले प्रधानमन्त्री कार्यालयका सचिव शंकरप्रसाद अधिकारीलाई हस्तान्तरण गरे ।  

उपप्रधानमन्त्री महराले कोरिया साउथ–इष्ट पावर कम्पनीले बाढीपीडितका लागि सहयोग गरेकोप्रति धन्यवाद व्यक्त गरे । उनले कम्पनीले सुरु गरेको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाका विषयमा जानकारी लिए । सो अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत च्याङले अप्पर त्रिशूली–१ (२१६ मेवा) परियोजना भूकम्पका कारण केही समस्या भए पनि दू्रतगतिमा अगाडि बढाएको जानकारी गराए । 

उनले विद्युत् खरिद् सम्झौदा(पिपिए)लाई अघि बढाइदिन आग्रह समेत गरे । जवाफमा उपप्रधानमन्त्री महराले विद्युत् खरिद सम्झौताका विषयमा आफूले सम्बन्धित निकायसँग कुरा गर्ने बताए । रासस 

प्रकाशित: भाद्र २८, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार