समाचार

सडक मर्मत नहुँदा सर्वसाधारणलाई सास्ती

- हरिहरसिंह राठौर, धादिङ

भाद्र २८, २०७४-गत वैशाखदेखिकै वर्षात्‌ले अवरुद्ध ग्रामीण सडक मर्मत नभएपछि दसैंलगायत चाडपर्व मान्न गाउँघर आवतजावत गर्ने नागरिकलाई सास्ती भएको छ ।

सदरमुकाम नीलकण्ठ नगरपालिकादेखि जिल्लाका विभिन्न भागमा जाने नियमित सञ्चालनमा आएका आधा दर्जन ग्रामीण सडक सडक मर्मत गरी सञ्चालन गर्न सम्बन्धित निकायले चासो नदिएपछि स्थानीय मर्कामा परेका हुन् । यातायातका साधन नचल्दा दुर्गममा लामो दूरीमा पैदल यात्रा गर्नुपर्ने र दैनिक उपभोग्य सामान आपूर्ति निकै समस्या परेको स्थानीयको गुनासो छ । सदरमुकामबाट उत्तरी भेगका गाउँसम्म पुग्न २/३ दिन नै पैदल हिँड्नुपर्छ ।

सदरमुकामबाट अन्य क्षेत्र जाने मुख्य सडकहरु सल्यानटार, कटुन्जे, सुनौला बजार, धुवाँकोट, मैदी, चैनपुरका ग्रामीण सडकको अवस्था खराब छ । अहिले ठुला सवारीसाधन मात्रै हैन स-साना जिप समेत सञ्चालन हुन सकेका छैनन् । 

जिल्लामा निर्माण गरिएका २५ सय किलोमिटर सडक व्यवस्थित गर्न नसकेपछि वर्षात्‌पछिका ४ महिना स्थानीयवासीले निकै सास्ती व्यहोर्नुपर्ने तत्कालीन सल्यानटार गाविसका पूर्वगाविस अध्यक्ष फणिकान्त छत्कुलीले बताए । उनकाका अनुसार ढल निकासको उचित प्रबन्ध नहुँदा कच्ची सडक झनै बिग्रने मात्रै हैन विभिन्न स्थानमा पहिरोको जोखिम बढाएको छ । कतिपय सडक पैदल हिँड्नसम्म नहुने गरी पहिरोले लगेको छ । 

तर, सडक निर्माणका नाममा हरेक वर्ष लाखौं रकम खर्च हुँदै आएको छ । जिल्ला प्राविधिक कार्यालयका भरत अर्यालले सडक मर्मत गर्न बजेट नभएको बताए । 

प्रकाशित: भाद्र २८, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार