मनोरञ्जन

प्रिया ‘मिस कोशी’

  • सौन्दर्य
- कान्तिपुर संवाददाता , काठमाडौं

भाद्र २८, २०७४-‘मिस कोशी’ को चौथो संस्करण प्रिया खड्काले जितेकी छन् । १३ प्रतिस्पर्धी उछिन्दै उनले ताज पहिरेकी हुन् । मोनिका देवकोटा फस्ट रनरअप र बिना तामाङ सेकेन्ड रनरअप भए । विजेताहरूले क्रमश: २५ हजार, १५ हजार र ११ हजार रुपैयाँका साथ विभिन्न उत्पादनका प्याकेजहरू पाए ।

गायक रामकृष्ण ढकाल, पवन सारडा, मुकेश उपाध्याय (भट्टराई), किरण कर्ण, नवनीता रिजाल र दिनेश डीसी प्रतियोगिताका निर्णायक रहेको आयोजक करिमजमेटिक एडभान्टेज एडभरटाइजिङका अध्यक्ष अमलेश कर्णले विज्ञप्तिमार्फत जनाए । 

प्रकाशित: भाद्र २८, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार