खेलकुद

विश्व-११ माथि पाकिस्तानको जित

- रोयटर्स, लाहोर

भाद्र २८, २०७४-पाकिस्तानले विश्व-११लाई २० रनले पराजित गर्दै तीनवटा ट्वान्टी-२० खेलको शृंखलामा १-० को अग्रता लिएको छ । लाहोरको पूर्वी क्षेत्रको रंगशालामा मंगलबार भएको खेलमा विश्व क्रिकेटका ठुला हस्तीहरुको उपस्थिति थियो ।

पहिलो ब्याटिङ गरेको घरेलु टोलीका लागि ओपनर बाबर आजमले ८६ रनको आक्रामक पारी खेलेका थिए । टोलीले १ सय ९७ रनको विशाल योगफल खडा गर्न सफल रहयो । जवाफी ब्याटिङमा उत्रिएको विश्व-११ले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७७ रन मात्र जोड्न सक्यो । 

पाकिस्तानमा अन्तर्राष्ट्रिय क्रिकेट पुनरागमन गर्ने हेतुले यस शृंखलाको आयोजना गरिएको हो । सन् २००९ मा श्रीलंकाको टोलीमाथि हमला हुँदा ६ खेलाडी घाइते भएका थिए । त्यसयता पाकिस्तानमा एक मात्र टोलीले अन्तर्राष्ट्रिय क्रिकेट खेलेको थियो । मंगलबारको खेल आयोजना गर्न करिब ६ हजार सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

प्रकाशित: भाद्र २८, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार