अर्थ / वाणिज्य

तातोपानीबाट ८९ लाख

- कान्तिपुर संवाददाता , म्याग्दी

भाद्र २८, २०७४-सिंगास्थित तातोपानी पोखरी व्यवस्थापन समितिले ८९ लाख आम्दानी गरेको छ । बेनी नगरपालिका ४ स्थित प्राकृतिक तातोपानी कुण्डमा नुहाउनेहरूको प्रवेश शुल्क र चन्दा गरी आव ०७३/०७४ मा ८८ लाख ९३ हजार आम्दानी भएको समितिले जनाएको हो । प्रवेश शुल्कबाट ५४ लाख र चन्दाबाट १९ लाख, पर्यटन कार्यालयबाट ९ लाख ६१ हजार र आजीवन सदस्यता शुल्कबाट ३ लाख ३१, विविधबाट २ लाख २० हजार आम्दानी भएको छ । समितिले आम्दानी मुहानको संरक्षण, व्यवस्थापनमा बाहेक स्थानीय सरस्वती माविमा १० शिक्षकलाई तलबभत्ता, भौतिक पूर्वाधार निर्माण, युवा क्लब र विभिन्न सामाजिक काममा खर्च गर्दै आएको छ ।

म्दानीमध्येबाट १० जना विभिन्न्न तह र दरबन्दीका शिक्षकलाई तलबभत्ता स्वरूप १७ लाख ७४ हजार, विद्यालय भवन निर्माणमा ६ लाख, तातोपानी बजार ढल निर्माणमा ८ लाख, कुण्ड व्यवस्थापन कर्मचारी, स्टेसनरी, भैपरी, खेलापरीक्षण र नवीकरण शुल्कमा २ लाखभन्दा बढी खर्च भएको छ । त्यस्तै विभिन्न सामाजिक संस्थालाई चन्दा ३५ हजार, कृषि सहकारी ६८ हजार ८ सय १०, प्रहरी चौकीको खानेपानी र बिजुली महसुलमा २५ हजार, स्थानीय युवा क्लबलाई खेलकुद प्रतियोगिता गर्न २ लाख खर्च गरेको समितिले जनाएका छ । बाँकी २५ लाख रुपैयाँ बैंकमा मौज्दात रहेको छ । 

प्रकाशित: भाद्र २८, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार