खेलकुद

बार्सिलोनासँगै ठूला क्लबका विजयी सुरुआत

- एएफपी, पेरिस

भाद्र २८, २०७४-लियोनल मेसीले दुई गोल गरेपछि बार्सिलोनाले युरोपेली च्याम्यिन्स लिगमा युभेन्ट्सलाई मंगलबार राति सजिलै ३–० ले हराएको छ । बार्सिलोनासँगै प्रतियोगिताको पहिलो दिन अरु ठूला क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी), म्यानचेस्टर युनाइटेड र चेल्सीले पनि विजयी सुरुआत लिएका छन् । 

गत संस्करणको उप विजेता युभेन्ट्सविरुद्ध समूह ‘डी’ को खेलमा बार्सिलोनालाई कठिनाइ हुने अनुमान गरिएपनि मेसीको उत्कृष्ट प्रदर्शनका कारण बार्सिलोना सहज जित आत्मसात् गर्न सफल रहेको हो । पछिल्ला सिजन बार्सिलोना युभेन्ट्सकै हातबाट क्वाटरफाइनलमा पराजित भएको हो ।अहिले बार्सिलोनाले त्यसको बदला पनि लिएको छ । 

यसै समूहको अर्को खेलमा स्पोर्टिङ लिस्वनले ओलम्पियाकोजलाई ३–२ ले हरायो । नेयमारको पीएसजीले भने समूह ‘बी’ मा सेल्टिकमाथि ५० को जित निकाल्यो । त्यसै समूहमा बायर्न म्युनिखले एन्डरलेटलाई ३-० ले पन्छायो । 

यस्तै समूह ‘ए’ मा म्यानचेस्टर युनाइटेडले बासेललाई ३-० र सीएसकेए मस्कोले बेनफिकालाई २-१ ले हरायो । समूह ‘सी’ मा चेल्सीले कोराबागलाई ६-० ले पराजित गर्न सफल रह्यो भने एएस रोमा र एटलेटिको म्याड्रिडले गोलरहित बराबरी खेले । 

प्रकाशित: भाद्र २८, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार