खेलकुद

भुटानसँग सजिलो जितको आशा

- कान्तिपुर संवाददाता , काठमाडौं

भाद्र २८, २०७४- नेपालले एसीसी यू–१९ इस्टर्न रिजन प्रतियोगिताको आफ्नो दोस्रो खेलमा बुधबार भुटानसँग खेल्दै छ । मलेसियामा जारी प्रतियोगितामा जित हात पारेमा नेपाल सेमिफाइनल पुग्नेछ । 

नेपालले सोमबार पहिलो खेलमा थाइल्यान्डलाई २ सय ५५ रनले पराजित गरेको थियो । 

नेपाल प्रतियोगिताको प्रमुख दाबेदार टिम हो । नेपालले भुटानलाई पराजित गरे समूह ‘ए’ बाट सिंगापुर पनि सेमिफाइनल पुग्नेछ । सिंगापुरले समूह चरणका पहिलो दुई खेल जितिसकेको छ । सिंगापुरले भुटानलाई ९ विकेट र थाइल्यान्डलाई ९२ रनले पराजित गरेको थियो । 

सिंगापुरसँग भुटानले १ सय १२ रनमात्र बनाउन सकेको थियो । नेपालका प्रशिक्षक विनोद दास र कप्तान दीपेन्द्रसिंह ऐरीले ब्याटिङमा केन्द्रित हुने बताउँदै आएका छन् । थाइल्यान्डसँग नेपालले २ सय ८१ रन बनाउँदा अनिलकुमार शाहले ९१ र प्रनित थापामगरले ५० रन बनाएका थिए ।

 

प्रकाशित: भाद्र २८, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार