समाचार

कांग्रेसले अन्तरघातीविरुद्ध उजुरी माग्यो

- कान्तिपुर संवाददाता , काठमाडौं

भाद्र २८, २०७४-कांग्रेसले ६ वटा प्रदेशमा स्थानीय तहको निर्वाचनका क्रममा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध असहयोग र अन्तर्घात गर्नेहरूको विवरणसहित उजुरी दिन आह्वान गरेको छ । केन्द्रीय अनुशासन समितिको बैठकले असोज १० भित्र उजुरी दिन मातहत इकाईलाई आह्वान गरेको हो । बैठकले उजुरीमा आरोपित नेता तथा कार्यकर्तासँग स्पष्टीकरण माग्ने निर्णयसमेत गरेको छ । स्थानीय तहको चुनावमा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गर्नेलाई कारबाही गर्न उजुरी माग्ने र स्पष्टीकरण सोध्ने प्रक्रिया अघि बढाइएको कांग्रेसले जनाएको छ ।

 

प्रकाशित: भाद्र २८, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार