अन्य

लेली वाइनको नगद छुट अफर

- कान्तिपुर संवाददाता , काठमाडौं

भाद्र २७, २०७४-लाइक लेचुरल लेले वाइन उद्योगले चाडपर्वलाई लक्षितगरी ‘सिधै ग्राहकलाई नगद छुट अपहार’ अफर ल्याएको छ । अफर अन्तर्गत ग्राहकले प्रति बोतल ३५ रुपैयाँ छुट पाउने छन् । 

हाल लेली बाण्डका तीन बाइन लेली स्वीट रेड वाइन,लेली स्वीट लेडिज स्पेशस वाइन र लेली स्वीट स्वाइट बजारमा उपलब्ध छन् । उक्त बाइनको मुल्य ४ सय ५० रुपैयाँ तोकेको छ । ‘चाडबाडको अवसरमा ४ सय १५ रुपैयाँ उपलब्ध गराउने निर्णय गरेका छौं,’ उद्योगका कार्यकारी निर्देशक विकास खतिवडाले भने । यसका लागि कम्पनीको विज्ञापन  गाडी मार्फत  टोलरटोलमा छुट कुपन वितरण गरिने जनाएको छ ।  

वाइनहरु शतप्रतिशत फलफुलमा आधारित रहेको कम्पनीले जनाएको छ ।  

प्रकाशित: भाद्र २७, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार