समाचार

एमालेद्वारा एक व्यक्ति एउटा मात्र कार्यकारी कमिटीमा रहने व्यवस्था

  • साविकको निर्वाचन क्षेत्रीय कमिटी भंग गर्ने निर्णय
- कान्तिपुर संवाददाता , काठमाडौं

भाद्र २७, २०७४-एमालेले एक व्यक्ति एउटा मात्र कार्यकारी कमिटीमा रहने व्यवस्था गरेको छ । स्थायी कमिटी बैठकले जिल्ला, नगर र गाउँपालिका कमिटीहरु कार्यकारी कमिटी रहने हुँदा एक व्यक्ति एउटा मात्र कार्यकारी कमिटीमा रहने व्यवस्था मिलाउने निर्णय गरेको छ ।

एमालेले यसअघि निर्वाचन क्षेत्रीय कमिटीका पदाधिकारी/सदस्यहरु हाल कायम रहेको प्रतिनिधि सभा  निर्वाचन क्षेत्रीय समन्वय कमिटीको सदस्य रहने र उक्त समन्वय कमिटीमा जिल्ला कमिटीले तोकेको जिल्ला कमिटीको सदस्य संयोजक रहने व्यवस्था गरेको छ ।

बैठकले निर्वाचन क्षेत्र निर्धारण भइसकेको अवस्थामा साविकको निर्वाचन क्षेत्रीय कमिटी भंग गर्ने निर्णय गर्दै प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन क्षेत्रमा समन्वय कमिटी गठन गर्ने निर्णय गरेको छ । 

बैठकले एउटा मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेका ३५ जिल्लाहरुमा संघीय निर्वाचन क्षेत्र समन्वय कमिटी गठन नगर्ने निर्णय गरेको छ भने जिल्ला कमिटीलाई नै समन्वय कमिटीले गर्ने कामको जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको छ । 

प्रदेश सभा निर्वाचन क्षेत्रीय समन्वय कमिटी सबै निर्वाचन क्षेत्रमा गठन गर्ने निर्णय गर्दै उक्त कमिटीमा त्यस निर्वाचन क्षेत्रअन्तर्गत रहेका गाउँ/नगर कमिटीका पदाधिकारीहरु सदस्य रहने व्यवस्था गरेको छ । उक्त समन्वय कमिटीमा जिल्ला कमिटीले तोकेको जिल्ला कमिटी सदस्य संयोजक रहनेछन् ।

प्रकाशित: भाद्र २७, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार