खेलकुद

गोलकिपर किरण लिम्बु ‘वर्ष खेलाडी’

- कान्तिपुर संवाददाता , काठमाडौं

भाद्र २६, २०७४-नेपाली राष्ट्रिय टोलीका गोलकिपर किरणकुमार लिम्बु वर्ष खेलाडी घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्चले स्थापना गरेको पल्सर स्पोर्टस् अवार्डमा उनलाई वर्ष खेलाडी अवार्ड दिइएको हो ।

उनी समावेश भएको राष्ट्रिय टोलीले एएफसी सोलिड्यारिटी कम जितेको थियो । उनले सेमीफाइनलमा लाओससँग तीन पेनाल्टी रोकेका थिए । उनले एएफसी एसियन कप छनोटमा फिलिपिन्ससँग पनि एक पेनाल्टी बचाउ गरेका थिए । 

उनी हाल माल्दिभ्सको प्रिमियर लिग क्लब टीसी स्पोर्ट्मा अनुबन्धित छन् । 

बंगलादेशमा भएको शेख कमल अन्तर्राष्ट्रिय क्लब कपमा टीसी स्पोर्ट्सलाई च्याम्पियन बनाउन किरण लिम्बुले महत्वपूर्ण योगदान दिएका थिए ।

लिम्बु हाल माल्दिभ्समा रहेकाले उनकी आमाले अवार्ड लिएकी थिइन् ।

 

प्रकाशित: भाद्र २६, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार