समाचार

एमाले अध्यक्ष ओलीको सचिवालयमा नयाँ जिम्मेवारी

- कान्तिपुर संवाददाता , काठमाडौं

भाद्र २६, २०७४-नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयमा हेरफेर भएको छ । 

नयाँ जिम्मेवारी अनुसार पार्टीका केन्द्रीय सदस्य देवराज घिमिरेलाई पार्टी केन्द्रीय कार्यालयमा अध्यक्षको निजी सचिवालयको जिम्मेवारी तोकिएको छ । घिमिरेलाई राजनैतिक प्रकृतिका कामहरु व्यवस्थित गर्ने जिम्मेवारी तोकिएको छ । झापा विर्तामोडका घिमिरे राष्ट्रिय सभाका पूर्व सदस्य हुन् ।

प्रमुख स्वकीय सचिवको जिम्मेवारी राजेश बज्राचार्यलाई दिइएको छ । काठमाडौं कीर्तिपुरका बज्राचार्य एक दशकअघि देखि ओलीको स्वकीय सचिवको रुपमा कार्यरत छन् ।

अनिश दाहाललाई संसदीय फाँट र विकास निर्माणका काम हेर्ने गरी स्वकीय सचिवको जिम्मेवारी दिइएको छ । अनेरास्ववियुको राजनीतिसँगै नेकपा एमाले झापा–काठमाडौं सम्पर्क मञ्चको जिम्मेवारी बहन गरिसकेका दाहाल विगत एक वर्षदेखि ओलीको सचिवालयमै रहेका छन् ।

अध्यक्ष ओलीले सञ्चार क्षेत्रसँग समन्वय गर्न चेतन अधिकारीलाई प्रेस संयोजकको जिम्मेवारी दिएका छन् । डेढ दशकदेखि मूलधारको पत्रकारिता गर्दै आएका अधिकारी ओली प्रधानमन्त्री रहँदा वरिष्ठ सञ्चार विज्ञ (प्रेस संयोजक) का रुपमा कार्यरत थिए ।

प्रकाशित: भाद्र २६, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार