समाचार

राप्रपा (प्रजातान्त्रिक) संसदीय दलको नेतामा बोहरा

- कान्तिपुर संवाददाता , काठमाडौं

भाद्र २५, २०७४-राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)को संसदीय दलको नेतामा दीपक बोहरा सर्वसम्मत चयन भएका छन् । 

राप्रपा (प्रजातान्त्रिक) संसदीय दलको आइतबार चाबहिलमा बसेको बैठकले दलको नेतामा बोहरा र उपनेतामा विक्रम पाण्डेलाई चयन गर्ने निर्णय गरेको हो । पूर्वमन्त्री बोहरा यसअघि राप्रपा नेपाल र राप्रपाबीचको एकीकृत पार्टीमा दलको उपनेता थिए । त्यसभन्दा पहिले राप्रपामा दलको नेता नै थिए । 

राप्रपा प्रजातान्त्रिकबाट संसद्‌मा १८ जना सांसद्ले प्रतिनिधित्व गर्छन् । सत्तासमर्थित राप्रपा प्रजातान्त्रिक छिट्टै सरकारमा सहभागी हुने नेता बोहराले कान्तिपुरलाई बताए । 

कमल थापा नेतृत्वसँग अलग भएपछि पशुपति शमशेर राणाले राप्रपा प्रजातान्त्रिक गठन भएका हुन् । 

प्रकाशित: भाद्र २५, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार