साहित्य/विविध

बालगृहबाट चित्र

- कान्तिपुर संवाददाता , काठमाडौं

भाद्र २५, २०७४-राष्ट्रिय बाल दिवसका अवसरमा बालगृहहरूको महासंघले मुलुकभरका बालगृहमा संरक्षित बालबालिकाहरूबीच शनिबार चित्रकला प्रतियोगिता गर्‍यो । १ सय ५० बढी बालगृहका २ सय ५० भन्दा बढी बालबालिकाहरूले प्रतियोगितामा भाग लिएका थिए, जसमध्ये सृजनशील बाल विकास कार्यक्रम कास्कीका सामुयल सुवेदी प्रथम, सीपीसीएस काठमाडौंका क्षितिज श्रेष्ठ द्वितीय र सांग्रिला अर्फानेज होम ललितपुरका अनुजा नेपाली तृतीय भए । हेप्पी चिल्ड्रेन होम काभ्रेका दावा शेर्पा र सांग्रिला अर्फानेज होमकै विकास बिसुन्के सान्त्वना भए । प्रथम, द्वितीय र तृतीय हुनेले १५ हजार रुपैयाँ, १० हजार रुपैयाँ, ७ हजार रुपैयाँ र सान्त्वनाले जनही ५/५ हजार रुपैयाँ र प्रमाण पत्र पाए । 

महिला, बालबालिका तथा समाज कल्याण मन्त्री आशा कोइरालाले पुरस्कार हस्तान्तरण गरे । कार्यक्रममा केन्द्रीय बालकल्याण समितिका अध्यक्ष वविना श्रेष्ठ, कार्यकारी निर्देशक तारक धिताल, वरिष्ठ चित्रकार किरण मानान्धर, महासंघका अध्यक्ष लोकेन्द्र खत्री, पूर्वअध्यक्ष रमेश खतिवडा द्वितीय उपाध्यक्ष गोमा ढकालले बालबालिकाको सिर्जनात्मकतामाथि प्रकाश पारे । 

 

प्रकाशित: भाद्र २५, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार