फोटोफिचर

काठमाडौंमा दुख्ने म्यानमारको घाउ [फोटोफिचर]

- गगन थापा

भाद्र २४, २०७४-म्यानमारमा रोहिंगा मुस्लिम र सरकारी सेनाबीचको तनाव झनै चर्किएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार सेनाको दमनका कारण ४ सयभन्दा बढीले ज्यान गुमाइसकेका छन् । दुई सातायता मात्र १ लाख २० हजारभन्दा बढी विस्थापित भइसकेका छन् । यसरी विस्थापित हुने क्रम पाँच वर्षअघि सुरु भएको हो । त्यहाँबाट विस्थापित हुनेहरू बंगलादेश र भारत भएर नेपालसम्म पनि आइपुगेका छन् । राजधानीमा अहिले करिब ३ सय म्यानमारी शरणार्थी छन् । बर्मा छोड्दा पनि कर्मसँगै छ यी बर्मेलीहरूको । आफ्नो ज्यान जोगाएर नेपाल पसेका यिनीहरूलाई वियोगले पछ्याउन छाडेको छैन । यी तस्बिरहरूमा यिनै कथा समेटिइएका छन् । यिनीहरू काठमाडौंको कपनमा भाडामा निजी शिविर खडा गरेर बसेका छन् । अनौपचारिक स्कुल चलाएका छन् जहाँ उर्दू र कुरानको पढाइ हुन्छ । बंगलादेश र भारतको तुलनामा उनीहरूलाई नेपाल सुरक्षित लाग्छ । तर चिन्ता म्यानमारको छ अनि आफ्नै पनि । किनकि भोलि उठी कहाँ जाने केही थाहा छैन ? 

 

मोहम्मद सलिम । उनी २ वर्षअघि काठमाडौं आइपुगेका हुन् । उनको परिवारका ७ जनाको गत अगस्ट २६ मा म्यानमारमा हत्या भएको उनले बताए । उनले देखाएको यस तस्बिरमा भएकामध्ये आफू र आफ्नी श्रीमती मात्र जीवित रहेको उनको भनाइ थियो ।

प्रकाशित: भाद्र २४, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार