फोटोफिचर

मतदाता रिझाउन उम्मेदवारी दर्ताकै दिन भोज ! [फोटोफिचर]

- दीपेन्द्र बडुवाल, रौतहट

भाद्र २१, २०७४-जिल्लामा स्थानीय चुनावको रौनक सुरु भएसँगै कार्यकर्ता आकर्षित गरेर शक्ति प्रदर्शन गर्ने होड सुरु भएको छ । बुधबार यहाँका १६ नगरपालिका र २ गाउँपालिकामा उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । लगत्तै जिल्लाभर चुनावी चहलपहल बढेको छ । यहाँ चोक चोकमा कार्यकर्ता भेला भएर प्रचारका कार्यक्रम गरे । मतदाता आकर्षित गर्न नाचगानदेखि खानपानको व्यवस्था गरिएको पाइन्छ । बुधबार चन्द्रपुर–गौर सडकखण्डअन्तर्गत हर्साहा चोकमा एमालेबाट बृन्दावन नगरपालिकामा मेयरका प्रत्यासी विनोद पटेलले भोज आयोजना गरेका थिए । भोजमा सयौं कार्यकर्ता सहभागी थिए । त्यहाँ माछाको झोल र भातको व्यवस्था थियो । कार्यकर्ताका लागि आकर्षक मेस चलाइएको थियो । कार्यकर्ताले खाना खाएपछि थाल असरल्ल छाडेका थिए । गाउँ गाउँबाट आएका कार्यकर्ता खाना खाँदै र्‍यालीमा सहभागी भइरहेका थिए । स्थानीयका अनुसार धेरै उम्मेदवारले कार्यकर्ताका लागि यस्ता भोज आयोजना गरेका थिए ।

 

प्रकाशित: भाद्र २१, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार