भिडियो

लोडसेडिङ फर्काउन खोज्नेलाई कारबाही : उर्जामन्त्री शाही

- टीकाराम तामाङ, काठमाडौं

भाद्र २०, २०७४-उर्जामन्त्री महेन्द्रबहादुर शाहीले देशमा लोडसेडिङ फर्काउन भूमिका खेल्ने कर्मचारीहरुलाई छानीछानी कारबाही गर्ने चेतावनी दिएका छन् । सिंहदरबारस्थित मन्त्रालयमा हटलाइन नम्बर र मोबाइल एप्स सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले उक्त धारणा राखेका हुन् । लोडसेडिङ गराउन भूमिका खेल्ने कर्मचारीहरुको नाम सार्वजनिक गर्ने र आवश्यकताअनुसार कारबाही गरिने उनको भनाइ छ । उर्जामन्त्री शाहीले देशलाई तत्काल विद्युत्मा आत्मनिर्भर बनाउन र विद्युत् उत्पादनको दीर्घकालीन योजना बनाउन मन्त्रालय बनाउन लागिपरेको बताए । उनले आफू र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङबीच कुनै विवाद नभएको दाबी पनि गरे । 

प्रकाशित: भाद्र २०, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार