खेलकुद

बेल्जियम विश्वकपमा छनोट

- एएफपी, पेरिस

भाद्र १९, २०७४-रामेलु लुकाकुको निर्णायक गोलमा बेल्जियम आइतबार राति सन् २०१८ को विश्वकपमा छनोट हुने पहिलो युरोपेली देश भएको छ । युरोपेली विश्वकप छनोटमा बलियो फ्रान्स भने लक्जेम्बर्गको हातबाट गोलरहित बराबरीमा रोकिएको छ । 

म्यानचेस्टर युनाइटेड फरवार्ड लुकाकुले थोमस मेउनरको क्रसलाई ७४ औं मिनेटमा गोल गरेपछि बेल्जियमले समूह ‘एच’ ग्रिसलाई २–१ ले हरायो र यो जितसँगै बेल्जियम समूहको शीर्ष स्थानमा रहने निश्चित भयो । 

बेल्जियमसँगै अहिलेसम्म ब्राजिल, इरान, जापान र मेक्सिको आउने विश्वकपमा छनोट भइसकेका छन् । रुसले आयोजकका रूपमा स्वत: प्रवेश पाउने छ ।

प्रकाशित: भाद्र १९, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार