स्वास्थ्य

भारतको एक अस्पतालमा चिकित्सकबीच अप्रेशन थिएटर भित्रै झगडा

  • अप्रेशन टेबलमा रहेकी महिलाले गुमाइन् नवजात शिशु
- एजेन्सी, जाेधपुर(भारत)

भाद्र १४, २०७४-अस्पतालमा चिकित्सक र बिरामीका आफन्तबीच विभिन्न विषयलाई लिएर भनाभन हुनु वा झगडा नै हुनु नौलो कुरा होइन । तर मंगलबार राति भारतको जोधपुरस्थित उमैद अस्पतालको अप्रेशन थिएटर भित्रै दुई वरिष्ठ चिकित्सकबीच भनाभन हुँदा नवजात शिशुको मृत्यु भएको घटना सार्वजनिक भएको छ ।

उक्त अस्पतालका स्त्री तथा प्रसुती रोग विभागका साहयक प्राध्यापक डा. अशोक ननिभाल तथा एनेस्थेसीया विभागका प्राध्यापक डा. मथुरालाल ताक अभद्र भाषाको प्रयोग गर्दै भनाभन गरिरहेको भिडियो भारतीय मिडियामा सार्वजनिक भएको हो । 

गम्भिर अवस्थामा गर्भवति महिलालाई अस्पताल ल्याइएसँगै उनको गर्भमा रहेको शिशुको अप्रेशन गरि निकाल्ने काम भइरहँदा दुई चिकित्सकबीच भनाभन भएको अस्पताल प्रशासनले पनि स्विकारेको मिडियाले जनाएको छ । अप्रेशन गरि निकालिएको शिशुको केही समयमा नै मृत्यु भएको थियो ।

उक्त घटना सार्वजनिक भएपछि राज्य सरकार तथा राजेस्थानको उच्च अदालतले जोधपुरको कलेक्टरलाई अनुसन्धान गरि कारवाही गर्न आदेश दिएको छ । यस्तै अस्पताल प्रशासनले दुवै चिकित्सकलाई निलम्बन गरेको जानकारी दिएको छ ।

राज्य सरकारको चिकित्सा शिक्षा विभागले डा. ननिभालको साहयक प्राध्यापकको पद फिर्ता लिएर मेडिकल अफिसरको पदमा घटुवा गरेको बताइएको छ । डा. ताकको हकमा भने उनी वरिष्ठ प्राध्यापक भएकाले थप अनुसन्धान पछि मात्रै केही कारवाही हुने भएको छ ।

प्रकाशित: भाद्र १४, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार