रोचक

चार महिने बालिकाद्वारा पुस्तक विमोचन !

- कान्तिपुर संवाददाता , पाँचथर

भाद्र १४, २०७४-युवा गजलकार मधुराज केरुङद्वारा लिखित साम्याङफुङ गजलसंग्रह चार महिने बालिकाद्वारा विमोचन गरिएको छ । 

पाँचथरको फिदिममा आयोजित विमोचन कार्यक्रममा मधु केरुङकै चार महिने छोरी फुङसा केरुङद्वारा विमोचन गरिएको हो । लिम्बू भाषा र श्रीजङ्घा लिपिमा लेखिएको गजल सार्वजानिक गर्न फिदिममा आयोजित विमोचन कार्यक्रममा बालिका फुङसा केरुङलगायत प्रमूख अतिथि याक्थुङ प्रज्ञा प्रतिष्ठानका कुलपति राजेन्द्र जवेगू, भाषा आयोगका सदस्य हरिचन्द्र लावती, वरिष्ठ पत्रकार प्रेम ओझा, दिलेन्द्र कुरुङबाङ, मीना राई, नरेन्द्र केरुङले सामूहिक रुपमा विमोचन गरेका छन् । 

सम्याङफुङ अर्थात् शीरफूललाई खस नेपाली भाषा र देवनागरिक लिपिमा समेत उल्था गरी प्रकाशित छ । गजलमा लिम्बू संस्कार, संस्कृति, माया प्रेमलगायत विभिन्न प्रसङ्गहरु समेटिएका छन् । 

प्रकाशित: भाद्र १४, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार