सूचना प्रविधि

सुजुकीको ‘डबल मज्जा’

- कान्तिपुर संवाददाता , काठमाडौं

भाद्र १४, २०७४-सुजुकीले पर्वोत्सव योजनाअन्तर्गत ‘डबल मज्जा’ अफर ल्याएको छ । कम्पनीले अटो सोमा इग्निस र डिजायर गरी दुई नयाँ मोडल सार्वजनिक गर्दै आफ्ना सबै गाडीहरूमा उक्त अफर उपलब्ध गराएको जारी विज्ञप्तिमा छ ।

बिक्रेता सीजी मोटोकर्पले नाडा सोमा स्टल नम्बर एच १ बाट यो सेवा उपलब्ध गराएको र देशभरिकै सुजुकी सोरुमबाट यो अफर प्राप्त हुने जनाएको छ । ‘डबल मज्जा’ अन्तर्गत ग्राहकले ६ लाख रुपैयाँसम्म नगद छुट, ५० हजारसम्म सटही बोनस, १ लाख रुपैयाँसम्म अतिरिक्त स्क्याच कुपन, २ वर्षसम्मका लागि नि:शुल्क इन्स्योरेन्स सुविधा, रोड टयाक्स र रजिस्ट्रेसन नि:शुल्क उपलब्ध गराउने जारी विज्ञप्तिमा छ । 

प्रकाशित: भाद्र १४, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार