समाचार

कैलालीमा बस दुर्घटना, २ को मृत्यु, २० घाइते

- - मोहन बुढाऐर, डडेल्धुरा

भाद्र १४, २०७४-धनगढीबाट डोटीको बागछेडा जाँदै गरेको बस भीमदत्त राजमार्गको कैलाली सहदपुर गाउँपालिकामा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

ना ४ ख ५६३५ नम्बरको बस दुर्घटनामा पर्दा २० जना घाइते भएका छन् । घाइते मध्ये एकको अवस्था गम्भीर छ । उनको सीमा पारी भारतीय अस्पतलामा उपचार भइरहेको छ । 

मृत्यु हुनेमा डोटीका ६० वर्षीय नरबहादुर देउवा र कैलालीका ४८ वर्षीय दुर्गादेवी मल्ल छन् ।

घाइतेहरुको अत्तरिया र धनगढीका अस्पतालमा उपचार भइरहेको छ । 

प्रकाशित: भाद्र १४, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार