रोचक

एलजीको टीभीले लामखुट्टे भगाउने !

- कान्तिपुर संवाददाता , काठमाडौं

भाद्र ११, २०७४-नेपाली बजारमा लामखुट्टेबाट जोगिने टेलिभिजनहरु भित्रिएका छन् । 

एलजी कम्पनीले लामखुट्टेरहीत यन्त्र जडान गरेको टीभी बजारमा ल्याएको हो । कम्पनीका अनुसार लामखुट्टेरहीत टेलिभिजनहरुमा ध्वनीसम्बन्धी उपकरणहरु जडित छन् जसले चालु हुनासाथ लामखुट्टेको महसुस गर्ने शक्तिलाई अशक्त बनाउँछ र लामखुट्टेलाई धपाइन्छ । यस्तै यो उपकरणले लामखुट्टेरहीत साधनहरुको हानिकारक रसायनबाट पनि जोगाउने कम्पनीले दाबी गरेको छ । 

ध्वनी तरंगहरुले कुनै पनि विकरण उत्पादन नगर्ने भएकाले यो हानिकारक नभएको उक्त कम्पनीले बताएको छ । ध्वनि नसुनिने, नदेखिने र गन्धहीन हुनुका साथै मानवीय गुणसँग मेल खाने र पूर्णरुपले सुरक्षित रहेको जनाइएको छ । 

प्रकाशित: भाद्र ११, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार