स्वास्थ्य

पुग्दो नसुत्ने बालबालिकालाई मधुमेहको जोखिम

- कान्तिपुर संवाददाता , काठमाडौं

भाद्र १०, २०७४-हालैको एउटा अध्ययनको दाबीअनुसार, राति मज्जाले नसुत्ने बालबालिकालाई टाइप–२ मधुमेह हुने जोखिम धेरै बढी हुने रहेछ । बेलायतमा विभिन्न जातिका, ९–१० वर्ष उमेर समूहका ४ हजार ५ सय २५ बालबालिकामा गरिएको यो अध्ययन ‘पिडिएट्रिक्स’ मा प्रकाशित छ ।

उक्त अध्ययनअन्तर्गत बालबालिकाको शारीरिक नाप, रगतको नमुना र प्रश्नावलीको तथ्यांक संकलित गरियो । राति धेरै ढिलो सुत्ने बालबालिको तौल अलि कमै हुने उक्त अध्ययनमा उल्लेख छ । मस्त निद्रा र इन्सुलिन, इन्सुलिनप्रतिरोधी तथा रगतमा ग्लुकोजको विपरीत सम्बन्ध हुन्छ । अर्थात्, बढी समयसम्म सुत्ने बालबालिकामा इन्सुलिन, इन्सुलिनप्रतिरोधी र रगतमा ग्लुकोजको स्तर कम हुन्छ । 

बेलायतको नेसनल हेल्थ सर्भिसले १० वर्षका बालबालिकालाई १० घण्टा सुत्ने सल्लाह दिएको छ । अध्ययनअनुसार, जीवनको प्रारम्भिक समयमा निद्राको समय बढाउनाले शरीरमा बोसो र टाइप–२ मधुमेहको स्तर कम गर्नमा सहयोग मिल्छ । बाल्यकालमा पर्याप्त सुतेको फाइदा युवावस्थामा पाइन्छ । 

 

प्रकाशित: भाद्र १०, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार