मनोरञ्जन

गायिका निर्मलाले ल्याइन् तिजको कोसेली

- कान्तिपुर संवाददाता , काठमाडौं

भाद्र १, २०७४-हिन्दू नारीहरुको विशेष पर्व हरितालिका तीजको अवसर पारेर गायिका निर्मला भण्डारीले 'नभने बुढाले ऋण लायो...' नामक तीज गित बजारमा ल्याएकी छिन् । 

चर्चित लोक गायक तथा सर्जक भगवान भण्डारीको लय तथा शब्द रहेको उक्त गितमा  निर्मला भण्डारीको स्वर रहेको छ । 

आशषि म्यूजिक प्रालिले उत्पादन गरेको उक्त गित म्युजिक नेपालले बजारमा ल्याएको हो । शंकर बिसीको निर्देशनमा उक्त गीतको म्यूजिक भिडियो समेत तयार भएको छ । म्युजिक भिडियोमा गायिका निर्मला भण्डारी र मोडल करिश्मा ढकालको अभिनय रहेको छ । 

प्रकाशित: भाद्र १, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार