समाचार

दाउन्नेको सडक एकतर्फी खुल्यो

- नारायण शर्मा, नवलपरासी

भाद्र १, २०७४-सडक भासिएका कारण एक हप्तादेखि अवरुद्ध रहेको महेन्द्रराजमार्ग अन्तर्गत नवलपरासीको दाउन्ने सडकमा एकतर्फी यातायात सुचारु भएको छ । 

सडक भासिएको एसमोड नजिक तलैदेखि ढुंगा बिच्छ्याएर अस्थायी सडक निमार्ण गरिएपछि बिहान ३ बजेबाट राजमार्ग खुलेको हो । राजमार्ग खुलेपछि एकसातादेखि बर्दघाट, दुम्किबास सडकमा रोकिएका गाडी गन्तब्य तर्फ लागेका छन् । अब नियमित रुपमा एकतर्फी सडक सञ्चालन हुने छ ।

 

भासिएको सडक खण्डमा राजमार्ग बनाउन भन्दै मंगलबार राति १० बजेदेखि बुधबारसम्म उक्त खण्डमा आवगमन बन्द गरिएको थियो । एकतर्फी सडक सञ्चालनमा कुनै समस्या नरहेको जिल्ला प्रहरीका डिएसपी बिष्णुहरी कोइरालाले जानकारी दिए । पानी पर्नासाथ दाउन्नेको ठाउँठाउँमा पहिरो गएर यातायात अबरुद्ध हुने गरेको छ । 

उक्त ठाउँमा पहिरोले बाटो अवरुद्ध हँदा सैयौं सवारीसाधन रोकिएका थिए भने हजारौं यात्रु अलपत्र परेका थिए । 

प्रकाशित: भाद्र १, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार