विश्व

भीषण पहिरोमा परी सियरालियोनमा मर्नेको संख्या ३ सय पुग्यो

फ्रिटाउन

श्रावण ३१, २०७४-सियरालियोनको राजधानी फ्रिटाउनमा गएको भीषण पहिरोमा परी मर्नेको संख्या ३ सय पुगेको छ । मृतकमध्ये २ सय ५० जनाको शव फेला पारिएको अधिकारीहरुले जनाएका छन् । शव फ्रिटाउनको केन्द्रीय शवगृहमा राखिएको छ । अधिकारीहरुका अनुसार मृतकको संख्या अझै बढ्न सक्ने छ । पहिरोले हजारौं मानिस घरबारविहीन भएका छन् । 

यसअघि सोमबार रातिसम्ममा १ सय ७९ जनाको ज्यान गएको पुष्टि भएको थियो । 

सियरालियोनका राष्ट्रपति अर्नेस्ट बाई कोर्माले टेलिभिजनबाट सम्बोधन गर्दै देशमा राष्ट्रिय विपत्ति आएको बताएका छन् । त्यहाँ आपत्कालीन उद्धार केन्द्र बनाइएको छ । 

रेडक्रस प्रवक्ता अबु बकर तारावाल्लीले भारी वर्षातका कारण राजधानीनजिकैको पहाडको सानो अंश खसेको बताए । उनले घटनाको समयमा मानिस सुतिरहेकाले धेरैको मृत्यु भएको बताए । अधिकारीले उद्धार कार्य जारी रहेको बताएका छन् । समाचार संस्था एएफपीले मृतकको संख्या ३ सय १२ सम्म पुग्न यसअघि नै अनुमान गरिसकेको छ । 

प्रकाशित: श्रावण ३१, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार