भिडियो

पाटनमा नरसिंह जात्रा

- कान्तिपुर संवाददाता , काठमाडौं

श्रावण २९, २०७४-

पाटनमा नरसिंह जात्रा मनाइएको छ । जात्राका लागि राजोपाध्याय गुरुहरूले शुक्रबार चुतर्थी पूजा गरेका थिए । गुरुपूर्णिमामा पाटन दरबार स्क्वयारस्थित सुन्दरी चोक पुगी मल्ल राजालाई जात्राको निमन्त्रणा चढाएका थिए । जनैपूर्णिमामा गर्नुपर्ने उपाकर्म यसपालि चन्द्रग्रहण गरेकाले नागपञ्चमीमा गरिएको नरसिंह जात्रा समारोह समितिले जनाएको छ । शनिबार विष्णु भगवानको दस अवतारमध्ये चौथो शान्त स्वभावको खुट्टामा अल: (एक प्रकारको रङ) कम्मरमा जबी, लच्कन भएको कपडा, ताय: माला, मुकुट लगाएको नरसिंहको भेषमा एक पुरुषलाई नगर परिक्रमा गराइयो । 

यात्रामा नरसिंहको कम्मरमा मधु र कैटभ दैत्यको प्रतीकका रूपमा दुई पुतली बाध्ने गरिन्छ । नरसिंह जात्रा समारोह समितिका संयोजक माधवश्याम शर्माले नरसिंहको कम्मरमा बाँधिएको पुतली दैत्य हिरण्यकशिपु र हिरण्याक्षको प्रतीकका रूपमा लिइने बताए । 

प्रकाशित: श्रावण २९, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार