समाचार

नयाँ मतपत्र छाप्न राजपाको माग

- कान्तिपुर संवाददाता , काठमाडौं

श्रावण २९, २०७४- राष्ट्रिय जनता पार्टी (राजपा) ले प्राविधिक र कानुनी रूपमा छाता चुनाव चिह्न नपाउने भएपछि पार्टी एकीकरण हुनुअघिका ५ दलमध्ये एउटाको चुनाव चिह्न लिने भएको छ । तर, त्यसका लागि नयाँ मतपत्र छाप्नुपर्ने उसको सर्त छ । 

राजपाका नेताहरूले आयोगद्वारा यसअघि छापिसकिएका मतपत्रमा ६ वटै दलको चुनाव चिह्न समावेश भएकाले त्यसले मतदातामा अन्योल हुने उल्लेख गर्दै नयाँ छाप्नुपर्ने सर्त राखेका हुन् । ्

चुनाव चिह्नबारे राजपाका नेताहरूले आइतबार बालुवाटारमा सत्तारूढ दल कांग्रेस र माओवादी केन्द्रका नेतासँग छलफल गरेका थिए । दुवै दल राजपालाई सहज हुने गरी चुनाव चिह्न मिलाउनेबारे सकारात्मक देखिएका छन् । 
‘अहिले छापिएका मतपत्रमा ६ वटै दलको चुनाव चिह्न समावेश छ । यसले मतदातामा अन्योल खडा गर्छ,’ राजपा नेता केशव झाले भने, ‘त्यसैले पनि नयाँ मतपत्र छाप्नुपर्छ भन्ने हाम्रो जोड हो ।’

प्रधानमन्त्री शेरबहादुर देउवाले बैठकबाटै जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका अधिकारीसित मतपत्र छाप्न लाग्ने समयका बारेमा बुझेका थिए । 

नयाँ मतपत्र छाप्न सकिने भएपछि सरकारले त्यसैअनुसार अघि बढ्न निर्वाचन आयोगलाई सुझाव दिएको छ । आयोगले भने नयाँ मतपत्र छाप्न नसकिने भन्दै आएको छ । ६ राजनीतिक दलमध्ये मतपत्रमा कुनको चुनाव चिह्न समावेश गर्ने भन्नेमा राजपाभित्रै तानातान सुरु भएको छ ।

 

प्रकाशित: श्रावण २९, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार